पीएसजीले  नान्टेसलाई १–० ले हरायो



एजेन्सी : फ्रेन्च लिग वान फुटबलअन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  नान्टेसलाई १–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा युवा फरवार्ड केलियन एमबाप्पेको एकमात्र गोलले पीएसजी विजयी भएको हो ।  

एमबाप्पेले खेलको ६८औं मिनेटमा गोल गरेका थिए । 

लिगमा अपराजित पीएसजीले १७ खेलबाट ४७ अंक बनाएको छ । पराजित नान्टेसको २० अंक छ ।

प्रतिक्रिया दिनुहोस्