आँधीका कारण इन्डोनेसियामा ४३ को मृत्यु, ६ सय घाइते



एजेन्सी : इन्डोनेसियामा सुनामीका कारण कम्तिमा ४३ जनाको मृत्यु भएको छ । सुन्डा खाडीको तटिय क्षेत्रमा आएको सुनामीमा परी ६  सय भन्दा बढी मानिस घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको  छ ।  

क्रेकाटवा ज्वालामुखीका विस्फोट भएका कारण समुन्द्रमा भूस्खलन भएर सुनामी आएको अनुमान गरिएको छ । सुन्डा खाडी जावा र सुमात्रा द्धिपको बिचमा पर्दछ । 

जावा सागर हिन्द महासागरसँग जोडिएको छ  सुनामीका कारण दर्जनौं भवन भत्किएका छन् । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी विस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको आशंका गरिएको छ ।  

सुनामीले सयौं सवारी साधनमा समेत क्षति पुर्‍याएको छ । सडकसम्म पानी पसेकाले सवारी आवागमन बन्द भएको छ । सुन्डा स्ट्रेट र आसपासका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । नागरिकहरुलाई सचेत रहन सरकारले अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्