राजधानीमा बढ्दो ट्याक्सी ‘यौनलिला’



काठमाडौं : सहर बजारमा ट्याक्सी निकै सहज साधन हो यातायातका लागि । तर पछिल्लो चरणमा नेपाली आचरण र संस्कृतिमा आएका केही विचलन तथा बदलावसँगै ट्याक्सी चालकहरुले हैरानी खेप्दै आउनु परेको छ । यसको कारण हो, केही यात्रुले ट्याक्सीलाई नै मस्तीको साधन बनाइदिनु ।

ट्याक्सी चालक आफैले पालना गर्नुपर्ने केही निश्चित ट्राफिक नियम तथा व्यक्तिगत आचरणविरुद्ध यात्रुहरु गैदिंदा ट्याक्सी चालक हैरानीमा पर्ने गर्दछन् । काठमाडौं उपत्यकामा चल्ने हरेक ट्याक्सी चालक उनीहरुकै शब्दमा ‘यस्ता मस्तीखोर यात्रु’बाट बेलाबखत हैरान बनेका हुन्छन् ।

अलि केही पहिलेका कुरा लिने हो भने त्यसताका काठमाडौंमा चल्ने कालो बिक्रम ट्याम्पु चल्दा यस्ता युवा जोडीले त्यसलाई डेटिङ स्थलै बनाउँथे । सफा ट्याम्पु भित्र्याउँदै गर्दा सरकारले बिक्रम ट्याम्पु काठमाडौंबाट लखेटेपछि अहिलेका युवा जोडीको तारो ट्याक्सी बन्ने गरेको छ ।

यस्ता युवा जोडीहरु ट्याक्सी चढ्ने बित्तिकै कोही चुम्माचाटी गर्ने, कोही ट्याक्सीमा यौन सम्पर्क राख्न खोज्ने त कोही छिल्लिएर हैरान पार्ने गरेको अनुभव ट्याक्सी चालकहरुको छ ।
कुनै कुनै ट्याक्सी चालक ती युवा जोडीको व्यवहार नदेखेको झैं गरिदिने त कोही अरु चालकहरुले भने ती जोडीहरुलाई त्यस्ता क्रियाकलाप नगर्न चेतावनी दिने गरेको देखिन्छ । केही चालक भने ‘जे सुकै गरुन्’ भनेर वास्तै नगर्ने गरेको पनि पाइन्छ ।

एकजना सापकोटा थरका चालकको अनुभव विचित्रको छ । एक साँझ उनी दरबारमार्गमा ट्याक्सी गुडाएर यात्रु खोजिरहँदा २ जना केटी र ३ जना केटा ट्याक्सीमा बसे । एकजना केटा चालकसँगै बसे । बाँकी २/२ जनताको जोडी बनाएर पछाडिको सिटमा बसे ।

केटीहरु केटाको काखमा बसेका थिए । पछाडी अर्कै खालको आवाज आएपछि हेर्दा त उनीहरु यौनलिलामा पो व्यवस्त रहेछन् । केटाहरुको संख्या धेरै भएकाले चालक सापकोटा केही पनि बोलेनन् । भनेको ठाउँमा लगेर झारिदिंदा पछाडि बसेका केटाहरु पाइन्ट मिलाउँदै ट्याक्सीबाट उत्रिएका थिए ।

धेरैजसो ट्याक्सी चालकहरु युवायुवतीको यस्तो व्यवहारबाट आजित भएका मात्र होइन, सतर्क पनि हुने गरेका छन् । बेलुकातिर केटाकेटी ट्याक्सी चढे भने चनाखो हुनुपर्ने उनीहरुको भनाइ छ । यदि समयमै सतर्कता अपनाइएन भने ट्याक्सी नै उनीहरुका लागि ‘गेष्ट हाउस’ बन्न जान्छ । चालकहरु यस्ता युवा जोडी नपरे हुने थियो भन्ने चाहना राख्दाराख्दै हप्तामा यस्ता जोडीको फन्दामा त ती परिहाल्छन् ।

कथा फेरि पनि दरवार मार्गकै हो । कार्की थरका ट्याक्सी चालक पनि यस्तै युगलको चर्तिकला आफ्नै ट्याक्सीमा भएको सुनाउँछन् । दरबार मार्गहुँदै राती १२.०० बजेतिर बागबजार आइपुग्दा ट्याक्सीमा एक जोडी चढे । उनीहरुले गौरीघाट पुर्याइदिन भने ।

१७/१८ वर्षका युगल जोडी बोकेर ट्याक्सी बागबजारबाट कमल पोखरीहुँदै अगाडि बढ्दै थियो । पछाडि बसेकाहरु युगल छाडा बोलिरहेका थिए । केही क्षणपछि अश्लिलताले सीमा नाघेपछि पछाडि फर्के हेर्दा दुवैजना पूरै कपडा खोलेर मस्त थिए ।

ज्ञानेश्वरमा ट्याक्सी पुग्दा हनिमुन नै चलिरहेको थियो । उनले ट्याक्सी रोकेर साफसँग झपारेछन् । तर उनीहरुको कानमा उनको थर्काइ पुगेन । बरु उल्टै उनीहरुले ट्याक्सी चालकलाई तेरो ट्याक्सी चलाउने काम हो, चला भनेर थर्काएछन् । उनीहरु दुवैजना किस खाँदै मडारिइरहेको चालकले हेरिरहे ।

अति भएपछि ‘प्रहरीलाई भन्दिऊँ’ भन्दै प्रहरी बिट नजिकै रोके पनि । त्यसपछि बल्ल उनीहरु कपडा लगाएर बसे तै पनि छिल्लिन छोडेका थिएनन् । कहिलेकाँहीं त यस्ता क्रियाकलाप क्रियाकलाप दिउँसै गर्ने यात्रुहरु पनि भेटिने चालकहरुको अनुभव छ ।

अधिकांश ट्याक्सी चालकहरु बेलुका १०.०० बजेपछि यस्तै खालका यात्रुहरु भेटिने मानसिकता बनाएरै तयार भएका हुन्छन् । त्यतिबेला पाइने यात्रुहरु भनेको डान्सबार र लाउन्जमा पुगेर जोडी खोजेर आउने वा पहिल्यै जोडी बाँधिएर रेष्टुरेन्ट छिरेका र केही यौनकर्मीसहित आउने यात्रु नै हुन् ।

सबै उमेर समूहका यात्रुहरु यस्ता क्रियाकलापमा लागेको चालकहरुको दाबी छ । उनीहरुका अनुसार जुंगाको रेखी बसेकाहरुदेखि अधवैंशेसम्मका बढि देखा पर्दछन् । यस्ता क्रियाकलापमा संलग्नहरु बढि त प्रेमी–प्रेमिका नै रहेका हुन्छन् । ट्याक्सी चालकको अनुभव छ, यस्ता जोडीहरुका लागि रोमान्स गर्ने ठाउँ काठमाडौंमै पनि अभाव छ ।

रातमा भेटिने यस्ता जोडीहरु धेरैजसो मदिराको मात चढेका नै हुन्छन् । त्यसैले उनीहरु समाज र संसारबाट अलग्गै रहेका देखिन्छन् । उनीहरुलाई कसैको वास्ता हुँदैन ।

बाहिर रात बिताउन नसक्ने, घरै जानुपर्ने केटी साथीलाई ट्याक्सीमा छाड्न सँगै हिँडेकाले समेत ट्याक्सीमै यस्ता क्रियाकलाप गर्ने गर्दछन् । कोही त एकआपसमा सहमती गरी गेष्ट हाउस वा होटल हिँडे पनि मन थाम्न नसकेर ट्याक्सीमै तात्तिने र मात्तिने पनि गर्दछन् ।

अर्का चालक खड्काको अनुभव पनि कम त छैन । राती करिब ११.०० बजे ग्रिनल्यान्डबाट लाजिम्पाट जान एक जोडी उनको ट्याक्सीमा चढे । २२देखि २५वर्ष उमेरका ती जोडी ट्याक्सीको पछाडी बालिएको मधुरो लाइटमा लुकेर माया–प्रेमका कुरा गर्दै थिए ।

अति नै मायाप्रेमका चर्का कुरा हुन थालेपछि चालक कार्कीले साइडबाट चियाए । दुवैजना किस खाँदै सर्प झैं मडारिइरहेको देखेपछि ओई तपाईंहरुले के गर्नुभएको भएको भनी उनी कडा रुपमा प्रस्तुत भए । तर उल्टै चालकलाई उनीहरुले ट्याक्सी बुक गरी पैसा दिएकाले गन्तव्यसम्मका लागि ट्याक्सी आफ्नै हुने दाबी गरी उल्टै थर्काए ।

एकदुई बजेसम्म त ट्याक्सी चल्छ । त्यसपछि पनि ट्याक्सी बुक हुने गरेको चालकहरुको अनुभव छ । आधा रातमा आएर जोडीले यस्ता ट्याक्सी बुक गरी बिहान भाडा दिएर जाने गर्दछन् । चाबहिल चोकमा बिहान ३.०० बजेतिर एकजनाले ट्याक्सी बुक गरी आराम गरेर बिहान ७.०० बजेतिर १५ सय रुपैयाँ तिरेर गएको अनुभव चालकहरुको रहेको छ ।

ट्याक्सी चालकहरुका रोमान्चकारी अनुभव मात्र छैनन् । उनीहरुले बेमेल, फ्रस्ट्रेशन, झगडा र लफडाका अनुभवहरु पनि संगाल्ने गरेका छन् । एकजना खड्का थरका चालकले एकपटक नक्सालबाट एक जोडीलाई पिकअप गरेर उनीहरुको गन्तव्यस्थल गठ्ठाघरतिर लगे । उनीहरु एउटा रुम बुकिङ गरेर सँगैबस्ने कुरा गर्दै थिए । ट्याक्सी गुडिरहेका बेला किस खाँदै लभयु र सबयुका कुरा पनि गर्दै थिए ।

गठ्ठाघर नपुगुञ्जेल मस्तीमै हराइरहेका ती जोडी गठ्ठाघर पुग्नैलाग्दा भने लफडामा उत्रिए । समझदारी बिग्रिएछ । केटी मात्रै गट्ठाघर उत्रिइन्, केटा ट्याक्सीमै भुत्भुताउँदै पुनः नक्सालमा फर्कियो ।

डान्स बारबाट पिकअप गरिएका यात्रुहरुको त मामलै अर्कै । ट्याक्सीभित्रै हानाहान । डान्सबार र डिस्कोबाट आएकाहरु आ–आफैँ झगडा गर्दै, ऊसितटाँसिएर नाचेको, मसँग नबोलेको, अर्कोलाई आँखा झिम्क्याएको, अर्काको हात तानेको, अर्कोलाई हेर्दै हाँसेको आदि विवाद गर्दै ट्याक्सीभित्रै हानाहान र रुवाबासी गर्छन् ।

तेरो र मेरो गर्ल फ्रेन्ड र तेरो र मेरो ब्वायफ्रेन्डका कुरा पनि निकै चल्छन् ट्याक्सीमा । ट्याक्सीमा ठास्सठुस्स गरेर मुन्टो फर्काएर पनि बस्ने गर्दछन् ।

यसमा थप आश्चर्यको कुरा यो पनि छ कि कसैले त यौनकर्मी खोजिदिन पनि आग्रह गर्दछन् । अर्को तर्फ व्यावसायिक रुपमा यौनकोठी चलाएर बसेका र व्यक्तिगत रुपमा यौनधन्दा गर्नेहरुले ग्राहक खोज्न केही चालकलाई प्रयोग गर्ने गर्छन् । कतिपयले त यात्रुहरुको आग्रहअनुसार कोठीमै पुर्याइदिने पनि गरेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्