पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सिक्किमको विजय शुरुआत


झापा : झापाको डोमालाल राजवंशी रङ्गशालामा आजदेखि शुरु भएको ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’मा पाहुना टोली एफसी सिक्किमले विजयी शुरुआत गरेको छ । उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको हो । बराबरी बलको स्थानमा सिक्किमका लागि दुवै गोल करण राईले गरेका थिए ।

आक्रामक खेलमा सिक्किमका राईले खेलको २९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । आयोजकका गोलरक्षक अभिषेक रिजालको हातबाट उम्केको रिबाउन्ड बललाई करणले गोल पोष्टको दिशा दिएका हुन् । पहिलो हाफ १–० गोलको नतिजामा टुङ्गिए पनि दोस्रो हाफमा आयोजकको गोलपोस्टमा गोल वर्षा भएको थियो । जसमा दोस्रो हाफको ६ मिनेटमै थप गोल गरेर सिक्किमका राईले उत्कृष्ट प्रदर्शन देखाए ।

आयोजकले खेलको १५ औँ मिनेटमा गोल गर्न सफल भयो । आयोजकका तपन कार्कीले उत्कृष्ट गोल गरेर खेलमा फर्किने प्रयास गरेका थिए । सिक्किमका गणेश लिम्बूले खेलको ३८औँ मिनेटमा थप गोल गरेर ३–१ गोलको फराकिलो नतिजा बनाउन सफल भए । यसै क्रममा राईले नै खेलको ४० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ४–१ गोलको फराकिलो नतिजामा आयोजकका टङ्कु लामाले गोल गरेर दूरी कम गर्ने प्रयास गरे पनि जीतका लागि सम्भव भएन ।

इन्जुरी समयमा सिक्किमका राईले थप गोल गर्दै व्यक्तिगत ४ गोल गर्न सफल भए । खेलको म्यान अफ दी म्याच सिक्किमका राई घोषित भए । उनले नगद १० हजार पाए । जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् । आइतबार झापा ११ एफसीले नेपाल पुलिस टिमसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेताले रु १२ लाख ५० हजार पाउँदा उपविजेताले रु ६ लाख २५ हजार र ट्रफी पाउनेछ ।

विधागत पुरस्कार विजेता खेलाडीले जनही रु १५ हजार पाउँदा उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ । यसअघि भएको औपचारिक कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गोल्डकपको उद्घाटन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका

काठमाडौं : गत शुक्रबार गोप्य रुपमा काठमाडौं आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज (आइतबार) पशुपतिनाथको

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा (ख) का सांसद उत्तरकुमार वलीको