
फिदिम । काकीलाई बतात्कार गरेको आरोपमा भतिजो पक्राउ परेका छन् । फिदिम नगरपालिकाकी एक महिलालाई भतिजो पर्ने युवकबाट बलात्कृत भएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
फिदिम–१२ की २६ वर्षीया महिला आफ्नै जेठाजुको छोराबाट बलात्कृत भएकी प्रहरीले जनाएको छ । गत शनिवार राती १९ वर्षीय भतिजोले मोवाइलमा रहेका फोटो देखाउने बहाना बनाई आफ्नै काकीलाई बलात्कार गरि फरार भएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई आईतबार पक्राउ गरी जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । साउन यता पाँचथरमा मात्रै ४ ओटा बलात्कारका घटना भएको उजुरी परेको छ ।
दुई महिलामाथि दुव्र्यवहार
बलात्कार र बलात्कार प्रयासका घट्ना बढिरहेकै बेला पाँचथरमा दुई महिलामाथि दुव्र्यवहार भएको छ । दुव्र्यवहारमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरि मुद्दा समेत चलाएको छ । पाँचथरको हिलिहाङ–५ सुभाङकी २८ वर्षीया महिलामाथि स्थानीय एक युवकले कुटपीट गरेका छन् ।
पीडितको उजुरीका आधारमा आरोपित स्थानीय २२ वर्षीय युवकलाई सोमवार नियन्त्रणमा लिइएको छ । यस्तै फाल्गुनन्द गाँउपालिका वडा नं. ६ की २५ वर्षीया महिलाको घरमा गई गाली गलौज गरेको भन्ने उजुरीका आधारमा आरोपित स्थानीय २३ वर्षीय युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।