गाेलबजारमा प्रेसर कुकुर बम, सेनाले गर्याे डिस्पोज



जनकपुरधाम : सिरहाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकम टावरनजिकै आइतबार बिहान भेटिएको प्रेसर कुकर बम निष्क्रिय बनाइएको छ । टेलिकम टावरदेखि करिब डेढ सय मिटर दक्षिणमा बम फेला परेको थियो । 

बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको हो । प्रहरी निरीक्षक नवीन घिमिरेका अनुसार बिहान ४ बजे शंकास्पद व्यक्ति उक्त इलाकामा घुमघाम गरिरहेको स्थानीयले बताएपछि प्रहरीले सर्च गरेको थियो ।

उक्त स्थानमा बमसँगै स्वतन्त्र तराई नामक संस्थाको पर्चासमेत भेटिएको थियो । उक्त समूहका बारेमा अनुसन्धान अघि बढाइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्