अब लमही–तुलसीपुर सडक चार लेनको



लमही : दाङको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ । उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इन्जिनयरिङ कम्पनीसँग सम्झौता गरिएको छ । 

दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन एक अर्ब ४४ करोड लागत अनुमान गरिए पनि एक अर्ब ६ करोडमा निर्माण पूरा गर्न बोलपत्र स्वीकृत भएको परियोजना महाशाखाका निर्देशक ललित खनालले बताए । 

उनका अनुसार अबको एक महिनामा चार लेन बनाउने काम सुरु भई दुई वर्षभित्र निर्माण पूरा गरिसक्नुपर्नेछ । भारतीय इम्पोर्ट एक्सपोर्ट बैंकको लगानीमा सडक चार लेन बन्न लागेको निर्देशक खनालले बताए। 

बस्ती भएको स्थानमा चार लेन र बस्ती नभएका स्थानमा भने ११ मिटर चौडाइ भएको सडक निर्माण गरिनेछ । सडक चार लेन बनाउने विषयमा यसअघि पनि बजे६ छुट्टिएकाे थियाे तर काम सुरु हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्