मन्त्रिपरिषद बैठक बोलाईयो, सचिवालयको टुंगो छैन



काठमाडौ : उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री केपी ओलीले आज केही बेरपछि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

आजै डायलाईसिसका निम्ति ग्राण्डी अस्पताल जाने तयारी गरिरहेका प्रधानमन्त्री ओलीले अस्पताल जानुअगाडी मन्त्रीपरिषदको बैठक बोलाएका हुन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालका अनुसार आज चिकित्सकको सल्लाहाबमोजिम डायलाईसिसका निम्ति प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल जाने भएका हुन । श्रोतका अनुसार मन्त्रीपरिषदको बैठक सकेर अस्पताल जाने प्रधानमन्त्री ओलकिो तयारी छ ।

तर आज उम्मेदवारहरुको टुङ्गो लगाउन बस्ने भनिएको नेकपा सचिवालयको बैठकको समय तोकिएको छैन । प्रधानमन्त्री ओली उपचारार्थ अस्पताल जाने भएपछि सचिबालय बैठक अनिश्चित बनेको हो ।

यसअघि हिजो नेकपा सचिवालय बैठक बसेको थियो । हिजो शनिबार बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायाणकाजी श्रेष्ठले उपनिर्वाचनका लागि आज आईतबार बैठक बसेर निर्णय गर्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्