केन्याका प्रधानन्यायाधीश सडक दुर्घटनामा घाइते



नैरोवी : केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा सडक दुर्घटनामा परी घाइते भएका छन् ।

प्रधानन्यायाधीश मारागा तथा उनकी श्रीमती युकावेथ न्याबोके नैरोबीबाट करिब १ सय ७० किलोमिटर टाढा रहेको नाकारू जिल्लाको नोरो क्षेत्रमा एउटा चर्चमा प्रार्थनाका लागि जाने क्रममा शनिबार सडक दुर्घटनामा परेका हुन् ।

उनीहरू दुबैजनालाई राष्ट्रपति उहुरू केन्याटाको निर्देशनमा हेलिकोप्टरमार्फत उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको एएफपीले जनाएकाे छ । दुबैको अवस्था स्थिर रहेको र टाउकोको चोट भएकोले चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्