बालिकालाई यौन दुर्व्यवहार गर्ने प्रहरी फन्दामा



भक्तपुर : ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा भक्तपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने काभ्रे रोशी घर भएका ३२ वर्षीय बुद्ध लामा रहेको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्