कपिलवस्तु घटनाको दोषीलाई कारबाही गर्न माग



काठमाडौं : कपिलवस्तुको कृष्णनगरमा एक जनाको ज्यान जाने गरी गत बिहीबार भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पूर्व कृषि मन्त्री एवं व्यवस्थापिका संसद सदस्यले माग गरेका छन् ।

आज (आइतबार) गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटवार्ता गर्दै सदस्य अक्वाल अकमद शाहसहित मुस्लिम नेता तथा बुद्धिजिविहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका हुन् । उनीहरुले कृष्णनगर घटनाका घाइते भएकाहरुको यथासिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्दै घटनाका दोषी सोनु अग्रवाल (मोदनवाल) लगायतलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

शाहका अनुसार भेटघाट कृष्णनगर घटनाले धार्मिक तथा साम्प्रादायिक सदभाव खलल पु¥याउने कार्य भएको भन्दै यस विषयमा गम्भीर बन्न गृहमन्त्री थापालाई आग्रह गरे ।

नेपाल र नेपालीहरु बीच रहँदै आएको धार्मिक सहिष्णुतालाई खलल पर्ने गरि दंगा गराउन नचाहनेहरु तर्फ विषेश आकर्षण गराउँदै मुस्लिम समुदाय र न्यायकर्मी नेपालीहरुको विषेश सुरक्षका लागि समेत गहृमन्त्री थापालाई आग्रह गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुस्लिम सगठनका अध्यक्ष सिराज अहमद फारुकी, नेपाल हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल मुस्लिम आयोगका पदाधिकारीसहितका टोलीले गृहमन्त्री थापालई भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्