झापा पुर्‍याउने भन्दै खेदाइएका चौपाया लमहीमा अलपत्र



कैलाली : कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्ने भन्दै झापा पठाउन लागेका गाईगोरु तीन दिन (४८ घण्टा) देखि दाङको लमहीमा अलपत्र परेका छन् । 

झापाको नमुना गैरीगाउँ कृषि फर्मले भीमदत्त नगरपालिकालाई वार्षिक एकलाख ११ हजार दिने सहमतिमा झण्डै १ सय ७० चौपायाहरु तीन दिन अगाडी लगेको नगरपालिकाकी उपमेयर शुशिला चन्दले जानकारी दिईन् । 

कृषि फर्मले प्राङगारिक तरकारी उत्पादन गर्न चौपायाहरुको मलमुत्र आवश्यक पर्ने भएकाले झापा लैजान लागेको भन्दै नगरपालिकासँग सहमति गरेको नगरपालिकाले जनाएको छ । 

पूर्वी भारतको सिमानाबाट नजिकै रहेको कृषि फर्मले गुजरातको मुद्रा भन्ने ठाउँबाट प्राङगारिक तरकारी ल्याएर बिक्री वितरण गर्दै आएको र हाल आफैंले नेपालमै उत्पादन गर्ने योजना बनाएकोे कञ्चनपुरका पुरन खड्काले जानकारी दिए । 

फर्मले उदयपुरमा पनि झण्डै ६ विघा जमिनमा तरकारी उत्पादन गर्ने तयारी गरिरहेको उनले बताए । 

नेपाल टपले उनलाई चौपाया लैजाने र कृषि फर्मसँग तपाईंको के सम्बन्ध छ भनेर सोध्दा आफ्नो सम्बन्ध नभए पनि प्राङगारिक तरकारी उत्पादनमा जोड दिने कृषक भएकोले त्यसको शाखा कञ्चनपुरमा पनि खोल्न लागेको बताए । यता उपमेयर चन्दले चौपाया लैजाने फर्मको मान्छे भन्दै पुरन खड्काको नम्बर दिएकी थिइन् ।

पुरन खड्काले चौपायाहरु सबै विधि पुर्‍याएर र कागजपत्र तयार गरेर पठाएको भए पनि बाटोमा दलालहरुले अवरोध गरेको कारण चौपाया तीन दिनदेखी अलपत्र परेको जानकारी दिए । खड्काले आफू कञ्चनपुरमै भए पनि चौपाया सम्बन्धी सबै अपडेट आफूसँग आउने गरेको बताए । 

यता भीमदत्त नगरपालिकाले चौपाया व्यवस्थापनको नाममा करोडाैं खर्च गरेको छ । कतिपय सुदूर पहाडका जिल्लाहरुमा नगरपालिकाले रकमसमेत खर्च गरेर पठायो । बाजुरामा मात्रै एक हजार ५३ चौपाया पठाएको उपमेयर चन्दले बताइन् । 

अहिले आएर पूर्व झापाको मान्छेले उल्टै नगरपालिकालाई पैसा दिएर चौपाया लैजाँदा नगरपालिका भने मख्ख परेको छ । 

पछिल्लो समय गाईगोरुलाई मासुको लागी भारत हुँदै तेस्रो मुलुक लैजाने तस्करी बढीरहेको छ । यसरी दिनदाहडै चौपाया मासुको लागि तस्करी भइरहँदा नगरपालिकाको पनि संलग्नता नरहेको भन्न सकिने अवस्था छैन् । 


भीमदत्तनगरको यस्तो चलाखी : छाडा चौपाया व्यवस्थापनमा करोडौ खर्च, रातारात चौपाया झापा पुर्‍याइदै

कञ्चनपुरको भीमदत्त नगरपालिकाले गत आर्थिक वर्ष २०७४-०७५ मा नगरक्षेत्रमा रहेका छाडा पशु व्यवस्थापनका लागि भन्दै रु. ८० लाख खर्च गर्दा समेत प्रभावकारी व्यवस्थापन हुन सकेको छैन ।

भीमदत्त नगरपालिकाले छाडा पशु व्यवस्थापनका लागि गत आर्थिक वर्षमा भीमदत्त नगरपालिकाले रु ४६ लाख रकम खर्च गरेर भीमदत्तनगरपालिका–१९ बागफाटा र रु २६ लाख रकम खर्च गरेर वडां नं. ९ ब्रह्मदेवस्थित सामुदायिक वनमा गौशाला निर्माण गरी सञ्चालनमा ल्याएको भए पनी रातारात छाडापशु चौपाया पठाएको भएको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् ।

स्थानीय ज्ञानेन्द्र विष्टले रातारात गाडी ल्याएर चौपाया झापा सप्लाइ गर्न लागेको बताए ।

 

उनले भने, ‘छाडापशु चौपायाको व्यवस्थापनका लागी भन्दै नगरपालीकाले लाखौ खर्च गरी संरचना बनाएको छ । चौपाया झापा पठाउनु नै थियो भने किन सरकारको लाखाै‌ं खर्च गरेको छ ।’ नगरपालिकाले लाखौं खर्च गरी संरचना बनाएको र गौशालाका छाडा चौपाया अन्त सप्लाइ गर्नु ठिक नभएको स्थानीयको भनाइ छ ।

भिमदत्त नगरपालीका–१९ का वडा सदस्य सन्तोषी साउद ऐरले भिमदत्तनगरपालिकाले गाई पाल्ने व्यवस्थाका लागि संरचना निमार्ण गरिसकेपछि गौशालाका चौपाया अन्त सप्लाइ गर्नु ठिक नभएको बताए ।

 उनले भने ‘सम्पूर्ण वडाका छाडाचौपाया वागफाटामा व्यवस्थापनका लागि कार्यपालिकाको निर्णय समेत भइसकेको हो, यसरी नै छाडा चौपाया सप्लाइ गर्नु थियो भने राज्यको लाखौं रुपैयाँ किन खर्च गनुपथ्र्यो ।’ उनले बागफाटामै गाई पाल्ने सम्झौताअनुसार संरचना बनेको जानकारी दिए ।

भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा पशु व्यवस्थापन एवंम् गौशाला लगायतका पूर्वाधार निर्माणका लागि रु १ करोड रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्