किन गरियाे भालुको पोस्टमार्टम



कैलाली : बाजुराको छेडेदह गाउँपालिका ३ का दुईजनालाई आक्रमण गर्दा प्रतिकारका क्रममा मरेका भालुको पोस्टमार्टम गरिएको छ । गत शुक्रबार दुईटा भालुले ४० वर्षीय बमबहादुर धामी र १८ वर्षीया शान्ति धामीलाई जंगलमा घाँस काट्ने क्रममा आक्रमण गरेका थिए ।

 

उनीहरुले प्रतिकार गर्दा दुईवटै भालुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मरेका भालु प्रहरीले जिल्ला वन कार्यालयलाई जिम्मा लगाएको थियो । 

वन कार्यालयले सरोकारवालाको उपस्थितिमा पोस्टमार्टम गरी मुचुल्का तयार पारेर आइतबार दुवै भालु गाडिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्