
सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक प्रहरीलाई घुस रकमसहित अख्तियारकाे टाेलीले रङ्गे हात समातेको छ ।
नेपाल-भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाउने प्रहरी हवल्दार नरूल अन्सारी रङ्गे हात समातिएका हुन् ।
पूर्व सूचनाको आधारमा खटिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले हवल्दार अन्सारीलाई रु.३०,००० घुस रकमसहित सर्लाहीकाे मलंगवा नगरपालिका-१० स्थित टावरचोकबाट मंगलबार नियन्त्रणमा लिर्इ अनुसन्धान कार्य अघि बढाएकाे हाे ।