प्रधानमन्त्रीलाई कर्मचारीको १३ बुँदे सुझावपत्र



काठमाडाैं : कर्मचारी अध्यादेशको विषयलाई लिएर चार ट्रेड युनियनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितमार्फत् प्रधानमन्त्री कार्यालयलाई १३ बुँदे बुझाएका छन् ।

कर्मचारी समायोजन अध्यादेशले कर्मचारीको वृद्धि र विकासमा रोक गरेको भन्दै आइतबार नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन संघ, नेपाल निजामती कर्मचारी संगठन (निजामती) र  नेपाल मधेसी निजामती कर्मचारी मञ्चले मन्त्री पण्डितलाई सुझाव पेश गरेका हुन् ।

ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले मन्त्री पण्डितलाई १३ बुँदे सुझावपत्र हस्तान्तरण गरे ।

सुझावपत्र बुझ्दै मन्त्री पण्डितले आफूले गम्भीरतापूर्वक लिएको र तत्काल समस्याको समाधान गर्न तत्परताकासाथ लाग्ने कुरामा ढुक्क हुन आग्रह गरे ।

मन्त्री पण्डितलाई चारवटै ट्रेड युनियनकर्मीले उनकै कार्यकक्षमा भेटेर सात दिनभित्र तपसिल बमोजिमको मागहरु सुनुवाई गर्न माग गरे ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा पूरा गर्नका लागि कर्मचारीहरु तत्पर रहेको बताउँदै युनियनकर्मीले मन्त्री पण्डितलाई कर्मचारीको मनोबल गिराउन नभइ बढाउन पनि अनुरोध गरे ।

 

प्रतिक्रिया दिनुहोस्