बालुवाटारमा मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।बैठक आज (आइतबार) साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो ।

आइतबार बिहानको मन्त्रिपरिषद् बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्नेलगायत निर्णय गरेको थियो । तर, अहिले साँझ बोलाइएको बैठकको विषयमा जानकारी दिइएको छैन ।

तेस्रो पटकको डायलाइसीस गर्ने तयारी गरिरहेका प्रधानमन्त्री ओलीले आज बिहान महाराजगन्जस्थित त्रिवित्रि शिक्षण अस्पतलाको मनमाहेन कार्डियोलोजी सेन्टरमा पुगेर चिकित्सकहरुसँग परामर्श गरी फर्केका थिए ।

शिक्षण अस्पतालबाट चिकित्सकहरुसँग परामर्श गरी फर्केका प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद बैठकको अध्यक्षता गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्