किन सारियो मन्त्रिपरिषदको आकस्मिक बैठक ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बजेको लागि डाँकेको मन्त्रीपरिषदको आकस्मिक बैठक डेढ घण्टापछि सारिएको छ । बालुवाटार स्रोतका अनुसार बैठक आज (आइतबार) साँझ ६:३० बजे बस्ने गरी सारेको हो ।

आज ११ बजे बसेको मन्त्रिपरिषद बैठकले नेपाल मेडिकल काउन्सलिका अध्यक्ष पदमा मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको केही समयपछि फेरी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्