तराई मिलेटरी मोर्चा संयोजक पक्राउ



जनकपुरधाम : अपहरण तथा कर्तव्य ज्यान मुद्दाका अभियुक्त तराई मिलेटरी मोर्चाका संयोजक मकेश्वर महतो धनुषामा पक्राउ परेका छन् । महतोलाई आइतबार साँझ ५ बजे जनकपुरको बसपार्कबाट जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत महोत्तरीले अपहरण मुद्दामा ९ वर्ष कैद तथा एक लाख जरिवाना गरेपछि फरार भएका महतोमाथि धनुषा जिल्ला अदालतमा डाँका मुद्दा, अपहरण मुद्दा तथा ज्यान मार्ने मुद्दा चलिरहेकोे धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिए । 

उनलाई धनुषा प्रहरीको हिरासतकक्षमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्