सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त : आजै नयाँ नियुक्तको तयारी, को–को हुँदै छन् नियुक्त ?



काठमाडौं : आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरे बमोजिम राष्ट्रपति भण्डारीबाट सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भएका छन् ।

बाहाल रहेका सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भएपछि आजै बस्न लागेको मन्त्रिपरिषदको बैठकले नयाँ नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी सरकारले गरेको छ ।

यस विषयमा सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बसिरहेको सचिवालय बैठकमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्