कर्मचारी समायोजन अध्यादेश संशोधनको माग गर्दै ज्ञापन



काठमाडौं : प्राविधिक सञ्जाल नेपालले कर्मचारी समायोजन अध्यादेश २०७५ संशोधनको माग गर्दै आइतबार देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सञ्जालले अध्यादेशमा उल्लिखित प्रावधानबाट कर्मचारीको समायोजन भए देशको प्राविधिक तथा प्रशासनिक क्षेत्र तहस तहसनहस भई कर्मचारीको मनोबल कमजोर हुने तर्क गरेको छ । साथै कार्य सम्पादनमा समेत नकारात्मक प्रभाव पर्ने भएकोले अध्यादेश संशोधनको विकल्प नरहेको संञजालको ठहर छ । 

प्राविधिक सञ्जालले कर्मचारी समायोजन अध्यादेश २०७५ समग्र निजामती कर्मचारीको हितमा नभएकोले संशोधन गरिनु पर्ने, राजपत्र अंनकिंत प्रथम श्रेणी वाट छैटौँ तह अधिकृत स्तरमा समायोजन गर्दा राखिएको शैक्षिक योग्यताको प्रावधान हटाउनु पर्ने माग गरेको छ । 

साथै, उक्त व्यवस्था निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था अनुसार रा.प. तृतीय श्रेणीमा बढुवा हुने प्रावधान भएकोले सोही श्रेणी अनुसार तह मिलान गरिनु पर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको निश्चित मापदण्डका आधारमा सरुवा, बढुवाको प्रावधान गरिनु पर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दा तिन वटै तहमा श्रेणी वा तहगत मध्ये एउटै व्यवस्था गरिनु पर्ने लगायत माग सञ्जालको छ ।

प्रतिक्रिया दिनुहोस्