प्रदेश प्रमुख हटाएपछि कांग्रेसको कडा प्रतिक्रिया



काठमाडौं : सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा प्रतिक्रिया जनाएको छ ।

आज (आइतबार) बसेको मन्त्रीपरिषद्को बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्याण् गरेको थियो । मन्त्रिपरिषदको सिफारिस बमोजिम राष्ट्रिसित विद्यादेवी भण्डारीले आजै सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छन् ।

यस विषयलाई लिएर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने बाटोमा लागेको आरोप लगाए ।

उनले भने, ‘सरकारले गर्नुपर्ने काम धेरै छन् । तर सरकार द्वन्द्व नित्याउने बाटोमा लाग्यो । यस्तो पूर्वाग्रही कदमप्रति कांग्रेसको विमति रहन्छ ।’

संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनुले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्