नेकपाले उम्मेदवारहरुको टुंगो लगायो, क-कस्ले पाए टिकट ?



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (आइतबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको छ ।

आज बसेको सचिवालयको बैठकले कास्की २ मा विद्या भट्टराई, दाङ ३ (ख)मा विमला वली र भक्तपुर १ (क)मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठका अनुसार बाग्लुङ २ (ख)मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय बैठकले गरेको छ ।

कास्की २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी विद्या र दाङ ३ (ख)बाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी विमलालाई नेकपाले उम्मेदवार बनाएको हो ।

त्यसैगरी धरान उपमहानगरपालीकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय पनि सचिवालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्