माद्यामिक विद्यालयमा अनुगमन टोलीको छड्के



कपिलबस्तु : शिक्षक र विद्यार्थीहरु विद्यालय समयमा उपस्थित नहुने खबर बाहिरिएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिका – २ मा रहेको महेन्द्र माद्यामिक विद्यालयमा छड्के अनुगमन भएको छ ।

जिल्ला समान्वय समितिका सदस्य प्रमिला मल्ल, कृष्णनगर नगरपालिका शिक्षा प्रमुख विद्यालय निरीक्षक राम करन पाल, कृष्णनगर नगरपालिकाका स्रोत व्यक्ति अर्जुन विश्वकर्मा र संघीय समाजवादी फोरम नेपाल प्रदेश ५ का प्रवक्ता अकरम पठानको संयुक्त टोलीले आइतबार छड्के अनुगमन गरिएको छ।

 

जसमा १०:०५ बजेमा कक्षा सञ्चालन हुने घण्टी बज्दा ६ जनामात्र उपस्थित हुने गरेको, १२ जना शिक्षक ढिलो आएको खबर बाहिरिएपछि छड्के अनुगमन भएको हाे ।

 

अनुगमनपछि अनुगमन टोलीले आगामी दिनमा समयमा आउनुपर्ने, नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने सुझाव दिएको छ । 

 

हाल‍सम्म नयाँ विद्यालय व्यवस्थापन समिति गठन नभएकाले उक्त टोलीले अभिभावक भेला बोलाउन सुझाव दिँदा आफूले पौष १५ गते अभिभावक भेला बोलाउने प्रतिबद्धता दिएको प्रधनाध्यापक अनिल कुमार श्रीवास्तवले जानकारी दिए ।

 

साथै अनुगमन टोलीले ढिलो आएका शिक्षकलाई नगरपालिकाको शिक्षा शाखामा स्पष्टिकरण दिन बाेलाएको छ ।

प्रतिक्रिया दिनुहोस्