दुर्घटनामा परेकी महिलाको हृदयविदारक वेदना : ‘दूध चुसिरहेको छोरो काखमा छैन’


सिन्धुपाल्चोक : ‘चालकले पटकपटक गाडी बिग्रिएको बताएका थिए। दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो।

बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे। म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ। मेरो बच्चा २ महिनाको मात्रैै थियो।’ –घाइते यात्रु २४ वर्षीया सरिता तामाङले भनिन् ।

धुलिखेल अस्पतालमा उपचारार्थ सरिताको टाउको, ढाड, छाती र खुट्टामा चोट लागेको छ। ‘शरीर चुर्लुम्म डुबेछ। झस्याङ भएँ। दूध चुसिरहेको छोरो काखमा छैन। म पनि डुबिरहेको रहेछु’, सरिताले भनिन्– ‘दुई महिनाको छोरालाई दूध खुवाइरहेको थिएँ।

काखमा बच्चा खोज्दा मचाहिँ पानीमा डुबेको भेटिएँ अनि मात्रै होस आयो।’ ‘विस्तारै हिँडिरहेको बस भित्ताबाट एक्कासि छेउमा पुगेर बल्ढ्याङ खायो। मेरो छोरा हराइरहेको छ। धेरैबेर खोजें। अरूले पनि खोज्न सहयोग गर्नुभयो तर फेला परेन। अनि मलाई अस्पताल ल्याइयो।’ –सरिताले भनिन् ।

सरिताका अनुसार मुढेभन्दा अगाडिदेखि नै बस बिग्रिएको थियो। बिग्रिएको बसलाई चालकले विस्तारै विस्तारै रोकेर अन्यत्र स्थानमा पनि बनाउँदै खाडीचौरसम्म ल्याइपुर्याएका थिए। खाडीचौरमा खाना र खाजा खाएपछि बस सामान्य अवस्थामा गुडिरहेको थियो।

बसभित्र म्युजिक पनि गुन्जिरहेको थियो। सबै निदाएजस्तै शान्त अवस्थामा थिए। बस खचाखच थियो। सरिताको जेठो छोरा ३ वर्षको छ। श्रीमान् एक महिनाअघि मात्रै वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जानुभएको छ। घरमा आफन्तलाई जेठो छोरा छाडेर सरिता काठमाडांै जान उक्त बसमा चढ्नुभएको थियो।

केही दिनको काठमाडौं बसाइपछि दोलखा फर्कने योजनामा उहाँ बिहान साढे ८ बजे बस चढ्नुभएको थियो।धुलिखेल अस्पतालमा ५० जना घाइतेको उपचार भएकोमा केहीलाई काठमाडौंका विभिन्न अस्पतालमा रिफर गरिएको अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज सानुकृष्ण श्रेष्ठले बताए।

पानीले भिजेका सबै यात्रुका लागि धुलिखेल अस्पतालले न्यानो कपडासहित उपचार गराएको छ। अधिकांश घाइतेले दुर्घटना सपनाजस्तो लागेको बताएका छन्। काटाकुटी घर भएकी ६१ वर्षीया छत्रकुमारी थापाले धेरै मान्छे ओर्लिएर बाँच्न सफल भएको बताइन। उनका आमा छोरी दुवै घाइते भएका छन्।

शैलुङ घर भएकी सीमा कार्कीको खुट्टामा घाउ भएको छ। उत्तानो परेको गाडीबाट सहजै निस्कन सकेको उनले बताइन् । मुखभरि पानी भरिएपछि दुर्घटना भएको जानकारी भएको उनले बताइन् । ९ वर्षीया युनिषा खड्काको परिवार नै दोलखबाट काठमाडौं जाँदै थियो। दाइ राजिव र आमा निर्मला बेपत्ता भएको युनिषाले बताइन् ।

युनिषा र उनको बुबा घाइते छन्।बिग्रिएको बस जबरजस्ती चलाइरहेका कारण राजमार्गको सजिलो स्थानबाट समेत बस नदीमा खस्न पुगेको यात्रुहरूले बताए। अधिकांश घाइतेको ढाड र खुट्टामा चोट लागेको छ। घाइतेहरूको उद्धार, उपचार र खोज कार्यमा स्थानीय, सुरक्षा निकाय, धुलिखेल अस्पतालको सक्रियता थियो। दोलखाबाट निर्वाचित नेताहरू अस्पतालमा घाइते भेट्न पुगेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार

काठमाडौं : वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षीय वृद्धमा कोरोन संक्रमण भएको पुष्टि

काठमाडौं– सोमबार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– चितवनकी सेविका ढकाल महर्षि मार्कंडेय विश्वविद्यालयमा बीबीए गर्दै गर्दा इन्डोनेशिया एयरलान्गा विश्वविद्यालयको साथ आदानप्रदान

भक्तपुर– सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । शुक्रबार २० वर्षकी

वीरगन्ज : एकैचौटी पर्साका १८ जना कोरोना भाइरसमुक्त भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज हुने

चितवन : कोरोना विशेष अस्पताल भरतपुरको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा कोरोना

काठमाडाैं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकास्थित एक क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ

वीरगन्ज– वीरगन्जको नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितको लगातार रिपोर्ट निगेटिभ आएपछी एकै परिवारका ७ महिलासहित

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष