प्रहरीका ८ सय ५० कार्यालय शौचालय बिहीन, आइजिपीलाई भने सवा दुई करोडको नयाँ गाडी



काठमाडौंः प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् ।

 

उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ । दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम खर्च गरेको छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्