नेपालमा जोसुकैले उत्पादन गरेको बिजुली किन्न भारत तयार



काठमाडौं : दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यपारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ ।

२०१६ डिसेम्बर ५ क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेको नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो । 

ठिक एक वर्षपछि डिसेम्बर १८ मा निर्देशिका परिमार्जन गर्दै भारतले पहिलेको शर्त उल्ट्याएको हो । अब भारतले नेपालमा जुनसुकै मुलुक वा कम्पनीले उत्पादन गरेको बिजुली किन्नेछ । 

गत मंगलबार आफ्नो अन्तर्देशीय विद्युत् व्यापार निर्देशिका संशोधन गर्दै भारतले छिमेकी मुलुकबाट विद्युत् खरिद गर्ने विषयमा राखेको शर्त खुकुलो पारेको हो ।

अघिल्लो निर्देशिकाले खासगरी नेपालका विद्युतमा लगानी  गर्ने लगानीकर्ताका लागि ठूलो बजार मानिएको भारतमा बिक्रीको अवसर खुम्च्याएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्