संसदीय समिति भन्छ–निजगढ विमानस्थलमा प्रचार गरिएभन्दा कम क्षति



काठमाडौं : प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रचार गरिएजस्तो वातावरणीय क्षति नहुने दुई संसदीय समितिले निष्कर्ष निकालेका छन् ।

दुवै समितिले वातावरण मुद्दामा अलमल नगरी विमानस्थल निर्माण प्रक्रियालाई अगाडि वढाउन सरोकारवालालाई सुझाब दिएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्थलगत अनुगमन गरेपछि प्रचार गरेजस्ता वातावरणीय क्षति नहुने निष्कर्षसहितको प्रतिवेदन बुझाएका हुन् ।

दुबै समितिले छुट्टाछुट्टै स्थलगत भ्रमण र छलफल गर्दै विमानस्थल निर्माणमा जोड दिएका छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्