सलमान खानको प्रोडक्शनको फिल्ममा सुनिल थापा



काठमाडौं : नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार सुनिल थापा उर्फ ‘राते काँइला’ पुन: बलिउड फिल्ममा देखिने भएका छन् । राते काँइला उपनामले परिचित थापा बलिउडमा पनि लोकप्रिय छन् । उनले बलिउडका केही चलचित्रमा काम गरेर आफ्नो सफल छाप छोडिसकेका छन् ।

अहिले उनलाई पुन बलिउड चलचित्रबाट हफर आएको छ । थापालाई बलिउड नायक सलमान खानको प्रोडक्शनबाट बन्न लागेको ‘क्वाथा’ नामक नयाँ चलचित्रबाट अफर आएको हो । यसबारे थापा भन्छन्- ‘मेरो कुराकानी भइसकेको छ । मौखिक रुपमा हामी काम गर्ने बिषयमा पक्का छौ । तर, लिखित सहमती भैसकेको छैन ।’

थापाले चलचित्रमा मुखियाको भूमिकाका लागि अफर आएको बताए । उनका अनुसार, यो वास्तविक कथामा बन्न लागेको चलचित्र हो । चलचित्रलाई करण भुटानीले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्