डोटी । डोटीमा ज्येष्ठ नागरिक दिवसकै दिन एक ७४ वर्षीया वृद्धा बलात्कृत भएकी छन् ।
सोमबार बड्डीकेदार गाउँपालिका ३ की ७४ वर्षीया वृद्धा छिमेकी गाउँ जाने क्रममा बोगटान गाउँपालिका १ सिमचौर घर भएका २२ वर्षीय एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले डोटीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव बिष्टका अनुसार बलात्कार गर्ने व्यक्ति पक्राउ परिसकेका छन् ।
घटना ज्येष्ठ नागरिक दिवसकै दिन भएको थियो ।
महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।
आरोप लागेका धामी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।
उनी विरुद्व जबरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।