गाडीभित्रै १६ वर्षीया किशोरीको सामूहीक बलात्कार



रसुवा : रसुवामा एक किशोरी गाडीभित्रै बलात्कृत भएकी छिन् ।सदरमुकाम धुन्चेबाट टिमुरे जानेक्रममा शनिबार साँझ १६ वर्षीया किशोरीलाई तीन जनाले गाडीभित्रै बलात्कार गरेका हुन् । 

बा४ख ४३२ नम्बरको आइचर गाडीसहित बलात्कारमा संलग्न नुवाकोटको विदुर नगरापलिका ६ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

धुन्चेबाट गाडीमा लिफ्ट मागेर टिमुरे जाँदै गर्दा उनीहरुले किशोरीलाई गोसाइँकुण्ड गाउँपालिका ५ याङयाङ खोलामा पुगेपछि गाडीभित्रै बलात्कार गरेका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।

गाडी रोकेर गाडी पछाडि सामान राखिएको ठाउँमा लगेर उनीहरुले किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्