पूर्वराजा ज्ञानेन्द्रको चलखेल बढ्यो



काठमाडौ : पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् । 

पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले अध्यक्ष थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिएका थिए । 

गोप्य भेटमा राजतन्त्र र हिन्दु राज्य कायम गर्ने विषयमा छलफल भएको थियो ।  त्यसलगत्तै ज्ञानेन्द्रले पूर्वमन्त्री जगत गौचन, कमला शर्मा, दुर्गा श्रेष्ठलगायत एक दर्जनभन्दा बढी राप्रपाका नेतासँग भेट गरेका थिए ।  

भेटमा अधिकांश नेताले पूर्वराजालाई सक्रिय हुन सल्लाह दिएको बताइएको छ । अंग्रेजी  नयाँ वर्ष मनाउन भन्दै यही पुस २ गते पोखरा पुगेका ज्ञानेन्द्रले आइतबार पश्चिमाञ्चल क्षेत्रका २१ जना जनप्रतिनिधीसँग भेट गरेका थिए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्