पोलिमर नोट छपाइअघि नै घूस



काठमाडौं : नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीले १० रुपैयाँको पोलिमर नोट छाप्नुअघि नै कम्पनीबाट ‘घूस’ लिएको तथ्य फेला परेको छ । 

अस्ट्रेलिययन प्रहरीको अनुसन्धान र त्सस क्रममा अख्तियारमा बुझाइएको छानविन प्रतिवेदनमा नेपाल राष्ट्र बैकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्यालले अस्ट्रेलियन डलर सात हजार ७ सय ३५ बुझेको उल्लेख  छ । 

‘नेपाल राष्ट्र बैंकले पोलिमर नोटको योजना थाल्नसाथ पौड्याल व्यक्तिगत भिसामा गोप्य रुपमा अस्ट्रेलिया गएको र नोट प्रिन्टिङ लिमिटेडका पदाधिकारीलाई भेटेर फर्केको खुलेको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘अनुसन्धानका क्रममा पुष्टि भएको इमेल पत्राचारमा पौड्यालले नोट प्रिन्टिङ अस्ट्रेलियासँग भ्रमणबापतको रकम बुझेको विवरण समावेश छ । जसमा बेरी ब्रान्डीले पौड्याललाई इमेल लेखी सात हजार ७३५ अस्ट्रेलियन डलर पठाइदिइका छन् ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्