धुम्बाराहीमा ओली र रावलविच चर्काचर्की



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र सदस्य भीम रावल बीच चर्काचर्की भएपछि बैठक नै स्थगित भएको छ ।

आईतबार स्थायी कमिटी बैठकमा रावलले हालै सम्पन्न एशिया प्यासिफिक सम्मेलनका बारेमा पार्टी र सरकार नेतृत्वले सहभागि भएर गल्ती गरेको भन्दै आत्मालोचना गर्नुपर्ने माग गरेका छन् ।

नेकपा स्रोतका अनुसार रावललाई बैठकमा स्थायी कमिटीका सदस्यहरु घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, अग्नीप्रसाद सापकोटा लगायतका नेताले साथ दिदै नेतृत्वले आत्मालोचना गर्नैपर्ने अडान लिए ।

तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गल्ती नभएको भन्दै आत्मालोचना गर्दिनँ भन्दै कडा जवाफ दिएपछि बैठकमा झनझन चर्काचर्की बढेको हो । 

बैठकमा सहभागि एक नेताका अनुसार रावल सहितका नेताहरुले जसरी भए पनि नेतृत्वले आत्मालोचना गर्नैपर्ने अडान राखे भने ओलीले नगर्ने अडान राखिरहेकाले बाझाबाझ नै भयो ।

‘तपाईले जे जस्तो भने पनि यसलाई आत्मसाथ गरौं, सम्मेलनमा सहभागि भएर पार्टी र सरकार नेतृत्वले गल्ती गरेकै हो’ बैठकमा सहभागि एक नेताले रावलको भनाई उद्धृत गर्दै भने, ‘आत्मालोचना नगरेसम्म हामी छोडदैनौं, गल्तीलाई गल्ती भयो भनेर हामीले किन स्वीकार नगर्ने ?’

रावलले यसो भनिरहँदा बैठकमा बाझाबाझ नै भयो । रावललाई साथ दिदै भुसाल, भट्टराई, पन्त, सापकोटा लगायतकाका नेताले जसरी पनि आत्मालोचना गर्नैपर्ने अडान राखेका थिए । उनीहरुले एकै स्वरमा आत्मालोचनाको कुरा गरिराखेका थिए ।

प्रधानमन्त्री ओलीले आफूबाट कुनै गल्ती नभएको भन्दै आत्मालोचना नगर्ने अडान राखेका छन् । सरकार र पार्टी प्रमुखको हैसियतले एशिया प्यासिफिक सम्मेलनमा सहभागि भएर कुनै गल्ती गरेको जस्तो मलाई नलागेकाले आत्मालोचना कुनै पनि हालतमा नगर्ने अडान राखेका छन् ।

‘पार्टी र सरकार प्रमुखको हैसियतले एशिया प्यासिफिक सम्मेलनमा सहभागि भएर मैले कुनै गल्ती गरेको छैन्’ ओलीले बैठकमा भने, ‘गल्ती नै गरेको कामका कारण आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ ।’

सम्मेलनमा आफू सहभागि भएर उदघाटन मात्रै गरेको बताउँदै उनले अरु बिषय त वरिष्ठ नेता माधवकुमार नेपालले मिलाएको बताए ।

ओली र रावल सहितका नेताहरुका बीचमा बाझाबाझ भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालले साम्य पार्ने काम बैठकमा गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्