बैतडीका ७२ वडा सचिवविहीन


बैतडी : जिल्लाका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् ।

ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन् । पाटन नगरपालिका–१० वडामध्ये ७ वडा सचिवविहीन रहेका नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । यस्तै डिलाशैनी गाउँपालिका–७ वडामध्ये एक वडामा मात्रै सचिव रहेका गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताउनुभयो । दोगडाकेदार गाउँपालिका–८ वडामध्ये दुई वडामा मात्रै सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

यस्तै पुरचौंडी नगरपालिकाका–१० वडामध्ये एक वडामा मात्रै सचिव रहेका र अन्य वडामा प्राविधिक सहायकले काम सञ्चालन गरिरहेका नगरपालिकाका उपप्रमुख जानकी बमले बताउनुभयो । सुर्नया गाउँपालिकाका आठ वडामध्ये एक वडामा पनि सचिव नरहेका गाउँपालिकाका नायब सुब्बा धनबहादुर चन्दले जानकारी दिनुभयो । यस्तै जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकामा पनि ११ वडामध्ये चार वटामा मात्रै सचिव रहेका बताइएको छ ।

वडा कार्यालयमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका तथा नगरपालिकाका केन्द्रसम्म धाउनु परिरहेको स्थानीयले बताएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि काम गर्न सजिलो होला भन्ने आशा गरेका नागरिक निरास हुन थालेका छन् । कर्मचारीको अभावमा वडामा सेवा नपाउँदा उनीहरू खिन्न भएका हुन् । कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीविहीन भएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका

काठमाडौं : गत शुक्रबार गोप्य रुपमा काठमाडौं आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज (आइतबार) पशुपतिनाथको

दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा (ख) का सांसद उत्तरकुमार वलीको