इन्डियन आइडलको उपाधि सलमान अलीलाई



एजेन्सी : भारतीय टेलिभिजन सोनीको रियालिटी शो इन्डियन आइडलको दशौँ संस्करण सलमान अलीले जितेका छन् । 

आइतबार भएको फाइनलमा अलीले चार प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि हात पारेका हुन् । उपाधि जितेका सलमान अलीले २५ लाख भारतीय रुपैयाँ र कार उपहारमा पाए।

फर्स्ट रनरअप अंकुश भारद्वाज बने । दोस्रो भएका अंकुशले पाँच लाख रुपैयाँसहित अन्य उपहार प्राप्त गरे । आइडलको सेकेण्ड रनरअप भने निलाञ्जना रे भइन् । निलाञ्जनाले पाँच लाख रुपैयाँ प्राप्त गरिन् । 

यस्तै नितीनकुमार चौथो र विभोर प्रासर पाँचौँ भए । उनीहरूले तीन–तीन लाख रुपैयाँका साथै अन्य उपहार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्