सुन्तलाको विरुवाको निर्यात बढ्दो


पाल्पा : सुन्तला तथा फलफूल विकास केन्द्र पाल्पाले वार्षिक ४० हजार सुन्तलाका विरुवा उत्पादन गर्दै आएको छ । नेपाली बजारमा भारतीय सुन्तलाको प्रभाव बढेपछि नेपाली सुन्तला उत्पादन बढाउन विरुवा उत्पादनमा केन्द्र जुटेको हो । पाल्पामा उत्पादित सुन्तलाका विरुवा म्याग्दी, पर्वत, बाग्लुङ्ग लगायतका जिल्लामा अधिक मात्रामा निर्यात हुँदै आएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा सुन्तला तथा फलफूल विकास केन्द्र, पाल्पाले जिल्ला बाहिर निर्यात गरी रु आठ लाख आम्दानी गरेको थियो ।

केन्द्रले यसपालि पनि ४० हजारभन्दा बढी सुन्तला, कागती, जुनार उत्पादन गर्ने लक्ष्य छ । निरोगी विरुवा उत्पादनका लागि जाली घरमा सुन्तला तथा जुनारका माउ विरुवालाई हुर्काइएको छ । निरोगी बोटबाट नयाँ नयाँ विरुवा हुर्काउन सकिने र त्यस्ता विरुवामा रोगले छिटो आक्रमण गर्न नसक्ने प्राविधिकको दाबी छ । माउ विरुवाका हाँगालाई तीनपात्रे सुन्तला (वन सुन्तला) मा कलमी गर्न सकिन्छ ।

तीनपात्रे सुन्तलाको मुनालाई कैँचीले काटेर बीच भागमा चिरेर माउ सुन्तलाको हाँगा हाली प्लास्टिक टेपले बाध्नुपर्छ । यसरी नै कलमी विरुवा उत्पादन हुने केन्द्रका प्रमुख बमबहादुर थापाले बताए । विशेष गरी कलमीले छिटो उत्पादन दिने हुँदा आम्दानीसमेत छिटो लिन सकिने हुन्छ । त्यसैले कलमीको विरुवाको माग बढ्दो छ । “कलमी गरेको स्थानमा जरा हटाउनुपर्छ, कहिलेकाहीँ जरा पलाउने समस्या हुन्छ,” प्रमुख थापाले भने ।

देशको मध्यपहाडी क्षेत्रका ३८ जिल्लामा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । त्यसकारण पनि पाल्पामा सुन्तलाको विरुवाको माग बढी रहेको पाइन्छ । विजुभन्दा कलमीका सुन्तलाका विरुवाको माग बढ्दो छ । सुन्तला दानाबाट हुर्काइएका विरुवाबाट ५÷६ वर्षमा मात्रा फल लाग्ने हुँदा यस्ताभन्दा कलमी विरुवामा किसानको आकर्षण बढ्दो छ । पाल्पाको रैनादेवी छहरा, रिब्दीकोट क्षेत्रका किसानले सुन्तला तथा कागतीका विरुवा उत्पादन गर्दै आएका छन् ।

रैनादेवी गाउँपालिका–४ अमलाबासका सुन्तलाको विरुवा बेचेर आम्दानी गर्दै आएको स्थानीय विष्णु कोइरालको भनाइ छ । सुन्तला खेतीबाट आयआर्जन हुन थालेपछि यसको विरुवाको माग पाल्पामा बढ्दो छ । नेपाली बजारमा भारतीय सुन्तलाको प्रभाव बढ्दो छ । चिस्यान केन्द्र नहुँदा चैत वैशाखभन्दा पछिल्लो महिनासम्म सुन्तला राख्न नसक्दा किसानले वास्तविक मूल्य नपाउने र भारतीय सुन्तला बजारमा हुने समस्या बढेको किसानको गुनासो छ ।

सुन्तला जातका फलफूल विश्वभरनै पाइने भएपनि नेपालमा उत्पादित सुन्तला स्वादिलो रहेको पाइन्छ । यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ । यो पतझड वर्गको वनस्पति हो । भिटामिन ‘ए’ र क्याल्सियमले भरिपूर्ण सुन्तलाको नियमित सेवनले दाँत र हाडको स्वास्थ्य राम्रो हुर्ने स्वास्थ्यकर्मीको भनाइ छ । केन्द्रले पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जमा प्राविधिक सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद

काठमाडौं : सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय निकाय

काठमाडौं : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी

वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीमा भएको सडक ढलान ३ दिन नवित्दै

काठमाडौं : करिब दश महिनादेखि शुरु भएको निजामति कर्मचारी विधेयकले अझै पूर्णता पाउन सकेको छैन

एजेन्सी :अमेरिकी अभिनेत्री एनाबेला सिओराले हार्वी वाइन्स्टिनले आफूमाथि निर्दयी तवरले बलात्कार गरेको बताएकी छन्। वाइन्स्टिनमाथि

काठमाडौं : बिहिबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार निर्वाचित

जनकपुरधाम : प्रदेश दुईमा भएको राष्टियसभा निर्वाचनमा नेकपा राजपा गठबन्धनको बर्चस्वता देखिएको छ । निर्वाचनमा

काठमाडौं : सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको लागि नेपाल सिधै ग्लोबल छनोटमा

जनकपुर : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका राधेश्याम

विराटनगर : मुस्लिम धर्मको धार्मिक विद्यालयका प्राध्यानाध्यापकलाई आफ्नै छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

पोखरा : एन्फाका कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेको मुद्दामा पक्राउ पुर्जी जारी