आफैंले बोकेको बन्दुक पड्केर प्रहरी जवान घाइते



मोरङ : गस्ती गरिरहेको गाडीमा आफै‌ंले बोकेको बन्दुक पड्केर एक जना प्रहरी जवान घाइते भएका छन् । 

भोजपुर घर भई इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी जवान संजिब खड्का आइतबार राति छातीमा गोली लागेर घाइते भएका हुन ।

उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

इलाका प्रहरी उर्लाबारीबाट खड्कासहित ४ जना प्रहरी गाडीमा राति १२ बजेदेखि बिहान ६ बजेसम्मका लागि गस्ती गर्न निस्केको प्रहरी उपरीक्षक मनोज केसीले बताए ।

गाडी चलिरहेको अवस्थामा खड्का आफैंले बोकेको बन्दुक अचानक पड्किदा उनी घाइते भएको केसीले बताए । 

प्रतिक्रिया दिनुहोस्