कसरी हुन्छ क्यान्सर ? बच्न के गर्ने ?



एजेन्सी : क्यान्सरलाई नेपालीमा अर्बुदरोग भनिन्छ । शरीर वृद्धि विकासका क्रममा कोषिकाहरु वढेर एक ठाउँबाट अर्को ठाउँमा सर्नु नै क्यान्सर हो ।

क्यान्सर आफैँमा ठूलो रोग होइन, तर समयमै उपचार भएन भने ज्यानै जाने रोग हो । विश्वभरी अहिले क्यान्सर प्रकोपको रुपमा फैलिएको छ । 

नेपालमा क्यान्सर पीडितको यकिन तथ्यांक छैन, तर केही मुख्य अस्पतालहरुमा पछिल्लो वर्ष संकलन गरिएको आँकडाअनुसार सबैभन्दा वढी फोक्सोको क्यान्सर भएको पाइएको छ ।

त्यस्तै दोश्रोमा पाठेघरको मुखको क्यान्सर छ । क्यान्सरको उपचार पद्धती महंगो छ ।

क्यान्सर कसरी हुन्छ ? 

क्यान्सर यही कारणले हुन्छ भन्ने खास कारण छैन । तर अस्वस्थकर जीवनशैली, खानपान, वंशानुगत गुण, वाह्य वातावरण, मध्यपान र निकोटिनका कारणले समेत क्यान्सर हुने गर्छ ।

केही प्रतिशत मानिसमा धुलो धुँवा र प्रदूषणको कारण क्यान्सर हुने भए पनि करिब ८० प्रतिशतमा भने निकोटिन र अल्कोहलका कारण क्यान्सर हुने गर्छ ।

सवारीसाधनबाट निस्कने कार्बनमोनोअक्साइडका कारणले पनि क्यान्सर हुन सक्छ ।

व्यायामको कमी र मोटोपनाको कारण पनि क्यान्सर हुन्छ ।

दैनिक जीवनशैलीमा सामान्य मात्र हेरविचार गर्न सके क्यान्सर हुनबाट करिब ३० प्रतिशत बच्न सकिन्छ ।

धुमपान र मध्यपान नगर्ने । सकभर जंकफुड नखाने । नियमित व्यायाम गर्ने, मोटोपन नियन्त्रण गर्ने, नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने हो भने क्यान्सरबाट बच्न सकिन्छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्