सन्दिप सम्मिलित मेलबर्न स्टार्सकाे दोस्रो खेल आज



काठमाडौं : बिग ब्यास लिग अन्तर्गत मेलबर्न स्टार्सले आज दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा  नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित टोली पराजित भएको थियो । मेलबर्नले दोस्रो खेलमा होबर्ट हर्रिकेन्सविरुद्ध प्रतिष्पर्धा गर्दैछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः३० बजे शुरु हुने छ । 

सन्दीपले बिग ब्यास लिगमा उत्कृस्ट डेब्यु गरेका थिए । सन्दिपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए । नेपाली युवा लेग स्पिनर लामिछानेले ओभरको दोस्रो बलमा अष्ट्र्लियन स्टार सेन वाट्सनलाई २२ रनमा आउट गरे । त्यस्तै ओभरको अन्तिम बलमा उनले क्यालुम फर्गुसनलाई १५ रनमा पभेलियनको बाटो देखाए । 

पहिलो खेलमा सन्दिपले चार ओवर बलिङ्ग गर्दै ३७ रन खर्चिएर दुई विकेट हात पारे । 

मेलबर्नले विदेशी खेलाडी सन्दीप लामिछाने र वेष्ट इन्डिजका ड्यान ब्राभोलाई मात्रै लिएको छ । 

ग्लेन म्याक्श्वेलले मेलबर्नको कप्तानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्