राजस्व सङ्कलनमा वृद्धि



काठमाडौं : तारकेश्वर नगरपालिकाले लक्ष्यभन्दा करिब १७ प्रतिशत बढी आन्तरिक राजस्व असुली गरेको छ । गत आर्थिक वर्ष (२०७५÷२०७६) मा रु १२ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा नगरपालिकाले रु १४ करोड ४० लाख असुली गरेको हो । यो लक्ष्यको तुलनामा १६ दशमलव ६६ प्रतिशत बढी हो ।

“नगरपालिकाले करको दायरा बढाएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो”, राजस्व शाखाका प्रमुख ईश्वर अँगाईले बताए । अघिल्लो आव २०७४÷७५ मा रु १० करोड आन्तरिक राजस्व असुली गरेको नगरपालिकाले आव २०७५÷२०७६ मा रु चार करोड ४० लाख बढी असुली गरेको नगरपालिकाले जनाएको छ ।

एकीकृत सम्पत्ति कर, मालपोत कर, व्यवसाय दर्ता नवीकरण शुल्क, निवेदन दस्तुर, नक्सापास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दस्तुर र नाता प्रमाणित दस्तुरलगायतबाट सो राजस्व सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्