सौर्य सिमेन्ट उद्योगकाे ट्याङ्कर र स्काभेटरमा आगलागी, ३ करोडको क्षति



उदयपुर : उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी हुँदा एक ट्याङ्कर र एक स्काभेटर जलेर नष्ट भएका छन् । आगलागीबाट ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार गए राति ११ बजेतिर अचानक ट्याङ्करमा आगलागी हुँदा तेलसमेत जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको छ ।

आगलागी भएपछि प्रहरी र स्थानीयवासीसहित कटारी नगरपालिकाको दमकलले आगलागी नियन्त्रण गर्ने प्रयास गरेपनि ट्याङ्कर र स्काभेटर जलेर नष्ट भएको उपरीक्षक राईले बताए ।

आगलागी कसरी भयो वा कस्ले गरायो भन्नेबारे अहिले इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस्