२४ लाख नगदसहित २ भारतीय पक्राउ



विराटनगर : सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले २४ लाख रुपैयाँ नेपालीसहित दुई भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज–९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन्। जाँचका क्रममा बिआर३८एच ६१४२ नम्बरको भारतीय सुजुकी कारमा रकमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।

हुन्डीमार्फत नेपालबाट भारत पठाइएको रकम भुक्तानी गर्न ल्याइएको आशङ्का गरिएको छ।

उनीहरुको साथबाट २४ लाख १५ हजार नेपाली रुपैयाँ तथा चार हजार ९ सय भारतीय रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ। 

प्रतिक्रिया दिनुहोस्