दाहालबारे फेसबुकमा लेख्ने तरुण दलका नेता पक्राउ



चितवनः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध फेसबुकमा अनर्गल कुरा लेखेको आरोपमा तरुण दलका पूर्व केन्द्रीय सदस्य सुबोध प्रधान पक्राउ परेका छन् । पर्यटन व्यवसायीसमेत रहेका प्रधानलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । 

 

सामाजिक सञ्जालमा आपत्तिजनक वाक्य राखेको भन्ने उजुरीका आधारमा प्रधानलाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । प्रधानले तीन दिनअघि राखेको पोस्ट फेसबुकमा अहिले हटाइ सकिएको छ ।

 

प्रधान नेपाली कांग्रेसका महासमिति सदस्य तथा लोकतान्त्रिक खेलकुद मञ्चका महासचिव पनि हुन् । नारायणगढ र मेघौलीमा उनको होटल पनि छन् । ‘प्रधानविरुद्ध उजुरी परेपछि सोधपुछका लागि ल्याइएको हो । जाहेरी आएपछि हिरासतमा राख्ने वा नराख्ने टुंगोमा पुगिन्छ,’ राठौरले भने । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्