आफूसँगै खुसी हुने मानिस सफल हुन्छन्



एजेन्सी : तपाई सोच्नुहुन्छहोला कोहि मानिस फेसबुकमा आफ्नै फोटोमा लव रियाक्ट कसरी गर्न सक्छन् । वा जहिले ‘आइ लभ माई सेल्फ’ भनेर कसरी फोटो अपलोड गर्न सक्छन् ?

यो अल्लि अचम्मलाग्ने लागेपनि साँचो त यो हो कि यस्ता मानिस आफ्नो जीन्दगीमा धेरै खुसी हुन्छन् ।

मनोवैज्ञानिक र विशेषज्ञहरु मान्छन् की आत्ममुग्ध मानिस अचम्मका त हुन्छन् तर उनीहरु बाँकि अरु मानिसको तुलनामा निकै खुसी रहन्छन् ।

आत्ममुग्ध अर्थात आफूसँगै मुग्ध वा मोहित रहने मानिस । अंग्रेजीमा यसलाई भनिन्छ । यी त्यस्ता मानिस हुन जो आफूलाई अरुभन्दा राम्रो र महान सम्झने भ्रममा रहेका हुन्छन् ।

यस्ता मानिसहरु आफूलाई आवश्यकताभन्दा धेरै महत्व दिन्छन् र यीनिहरुलाई अरुको लागि आफू आकर्षणको केन्द्र बन्न मन पर्छ ।

बिबिसी हिन्दी लेख्छ, उत्तरी आयरल्याण्डको क्वीन्स यूसनभर्सिटीमा मनोवैज्ञानिकहरुले आत्ममुग्धतामा रिसर्च गरे जसबाट पत्ता लाग्यो की यस्ता मानिस सजिलै डिप्रेशन र तनावको शिकार हुँदैनन् । रिसर्चबाट यो पनि पत्ता लाग्यो कि यस्ता मानिसहरुको बानीे अरु मानिसहरुलाई दिक्क लगाउने प्रकृतिको हुन्छ तर उनीहरुलाई यस विषयमा केही फिक्री रहन्न ।

यस रिसर्चको अगुवाई गर्ने मनोवैज्ञानिक डाक्टर कोस्टास पैपाजार्ज भन्छन्, आत्ममुग्ध हुनुको आफ्नै फाइदा छ ।

रिसर्चरहरु यो बुझ्नमा लागिरहेका छन् कि आत्ममुग्धतालाई सामाजिक तरिकाले राम्रो नमानिदाँ पनि आधुनिक समाजको हरेक क्षेत्रमा चाहे त्यो राजनीति होस्, सोशल नेटवर्किगं वेबसाइट वा सेलिब्रेटी संस्कार होस्, आत्ममुग्धता बढ्ने चलन किन देखिरहेकोछ ।

कम लाज र कम पछुतो
मनोवैज्ञानिकहरु भन्छन्, आत्ममुग्ध मानिसहरु घमण्डी व्यवहार देखाउँछन्, आफूलाई अरु भन्दा महान सम्झिन्छन्, आवश्यकभन्दा बढी आत्मविश्वासी हुन्छन्, अरुको दुख पिडा खासै फरक पार्दैन्, र उनीहरुमा लाज-पछुतो कम हुन्छ ।

यतिधेरै नकारात्मकताका अलवा यस्ता मानिसहरु फाइदामन्द नै हुन्छन् । मनोवैज्ञानिकहरु मान्छन् की यो एक प्रकारको पर्सनालिटि डिस्अर्डर र अरुको दुखमा खुसी हुने बानी हो ।

सत्ताको नजिक पुग्नुमा सफल
रिसर्चमा यो पनि पत्ता लागेको छ की आत्ममुग्धा मानिस कार्यक्षेत्र र नीजि जिन्दगीमा अपेक्षा गरेकोभन्दा धेरै सफल हुन्छन् ।

यस्ता मानिसहरुमा एक किसिमको मानसिक मजबूती हुन्छ जसका कारण उनीहरु निराशाबाट चाँडै नै माथि उक्लिन्छन् ।

डाक्टर कोस्टास मान्छन्, उनीहरु धेरैजसो अरुको विचार र व्यवहार आफू विरुद्ध मान्छन् । यस्ता मानिसहरु कतिपय स्थितिमा असुरक्षाको भावनाबाट पनि घेरिएका हुन्छन् । यतिधेरै नकारात्मक बानीका अलवा पनि आत्ममुग्ध व्यक्तित्व वाला मानिसहरु कतिपय तरिकाले फाइदामा नै रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्