कति पुग्यो सुनको मूल्य ?



काठमाडौं : सोमबार ७१ हजारमा बारोबार भएको सुनको मूल्य आज (मंगलबार) स्थिर रहेको छ ।

आइतबार ७१ हजार २ सयमा कारोबार भएको सुन सोमबार २ सयले घटेर ७१ हजारमा कारोबार भएको थियो ।

सोमबार प्रतितोला ७१ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ७० हजार ७ सय कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्