अलराउन्डर वरीयतामा नेपालका दुई क्रिकेटर



काठमाडाैंः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइतबार अलराउन्डर वरीयता सार्वजनिक गर्दा नेपालका दुई क्रिकेटर त्यस सूचीको सय स्थानभित्र परेका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अलराउन्डर वरीयताको ४२औं स्थानमा छन् । पारसले ६८ रेटिङ अंक बटुलेका छन् । उनीभन्दा माथि जिम्बावेका हामिल्टन मासाकाड्जा छन् । अलराउन्डरमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् । 

सोमपाल ६४औं स्थानमा

अलराउन्डर वरीयतामा नेपालका फास्ट बलर सोमपाल कामी ६४ औं स्थानमा रहेको आइसिसीले जनाएको छ । सोमपालले ४२ रेटिङ अंक बटुलेका छन् । सोमपालभन्दा एक स्थानमाथि अफगानिस्तानका करिम छन् । अलराउन्डर वरीयतामा बंगलादेशका कप्तान सकिब अल हसन शीर्ष स्थानमा छन् । उनले सर्वाधिक ३ सय ३८ अंक बटुलेका छन् । दोस्रो स्थानमा अफगानिस्तानका मोहमद नावी छन् । उनले ३ सय १३ अंक हात पारेका छन् । 

वसन्त ७४औं स्थानमा

टी–२० बलिङ वरीयतामा वसन्त रेग्मी ७४औं स्थानमा छन् । उनले ३ सय ९७ रेटिङ अंक बटुलेका छन् । वसन्तभन्दा एक स्थानमाथि दक्षिण अफ्रिकाका जेपी डुमिनी छन् । वसन्तले भन्दा डुमिनीले २ अंक बढी हात पारेका छन् । यसैगरी सोमपाल ९२औं स्थानमा छन् । उनले बलिङ वरीयतामा ३ सय ३८ अंक हात पारे  । बलिङ वरीयतामा अफगानिस्तानका रसिद खान ७ सय ९३ अंकका साथ शीर्ष स्थानमा छन् 

प्रतिक्रिया दिनुहोस्