अज्ञात व्यक्तिको आक्रमणबाट ससुराको मृत्यु, बुहारी घाइते



बैतडी : बैतडीमा अज्ञात व्यक्तिको आक्रमणबाट ससुराको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन् । मृत्यु हुनेमा सिगास गाउँपालिका-९ श्रीभाबरका ६० वर्षीय जसु बोहरा रहेका छन् भने उनकै बुहारी २१ वर्षीया लक्ष्मी बोहरा घाइते भएकी छन् । 

                                 

आइतबार राति करिब ९ : ३० बजे घरमा कोही नभएको माैका छाेपी घरभित्र छिरेका अज्ञात आक्रमणकारीले निर्घात कुटपिट गर्दा ससुराको मृत्यु भएको र ससुराको प्रतिरक्षा गर्दा आफू घाइते भएको पीडित लक्ष्मी बोहराले बयानलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बहादुर बोगटीले जानकारी दिए ।

आक्रमण गरेर मृतकलाई घरबाट करिब ३०० मिटर लडाइएको प्रहरीको भनाई छ ।

एक्कासी भएको आक्रमणकाे कारण र आक्रमणकारीबारे अनुसन्धान भइरहेको निरीक्षक बोगटीले जनाए । थप अनुसन्धानका लागि एक प्रहरी टाेली घटनास्थल पठाएको निरीक्षक बाेगटीले बताए । 

प्रतिक्रिया दिनुहोस्