भारतले गर्याे अर्काे क्षेप्यास्त्र परीक्षण



नयाँदिल्ली : भारतले सफलतापूर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ । अग्नि–चार नाम दिइएको सो क्षेप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षमताको रहेको भारतीय अधिकारीले जनाएका छन् ।

क्षेप्यास्त्र परीक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन् । अग्नि–चार क्षेप्यास्त्रको यो सातौं परीक्षण हो । आफ्नो उद्देश्यमा सफल हुने पुष्टि भएकाले यसको परीक्षण पूर्ण सफल भएको जानकारी दिइएको छ । भारतीय सेनाले क्षेप्यास्त्रको परीक्षण गरेको हो ।

 

भारतले यसअघि अग्नि—एक, अग्नि—दुई, अग्नि—तीन र पृथ्वी नामका क्षेप्यास्त्र परीक्षण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्