स्ट्यान्डर्ड बैंकका ग्राहकलाई भाटभटेनीमा २५ प्रतिशत छुट



काठमाडौंः स्ट्यान्डर्ड चार्टर्ड बैंक र भाटभटेनी सुपर मार्केट डिपार्टमेन्टल स्टोरबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले भाटभटेनीसँग मिलेर ‘लाभ’ नामक सहब्रान्डको भिसा प्लेटिनम क्रेडिट कार्ड जारी गर्नेछ । सह–ब्रान्डको क्रेडिट कार्डवाहकले सबै भाटभटेनीमा सामान खरिद गर्दा नगद फिर्ता तथा छुट अफर प्राप्त गर्नेछन् ।

लाभ क्रेडिट कार्ड भएकाले भाटभटेनीमा पहिलोपटकको कारोबारमा २५ प्रतिशत नगद फिर्ता पाउने बैंकले जनाएको छ । सहब्रान्डको कार्डवाहकले भाटभटेनीमा किनमेल गर्दा पहिलो ३ महिनाका लागि तत्काल १० प्रतिशत छुट पाउने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्