श्रीमती हत्या गर्ने रामबाबु पक्राउ



वीरगन्ज : गत आइतबार श्रीमतीको घाँटी रेटी हत्या गरि फरार रहेका जीराभवानी गाउँपालिका ३ परसवाका २८ वर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

रामबाबुले १९ वर्षीया श्रीमती नितु देवीलाई धारिलो हतियार प्रयोग गरी गत आइतबार दिउँसो हत्या गरी फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार रामबाबु आफ्नै घरमा लुकि बसेको अवस्थामा सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रामबाबुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ ।

रामबाबु आइतबार नितुकी बहिनीको गवना कार्यक्रममा सहभागी हुन बिआर २२ एम ४५०८ नम्बरको भारतीय मोटसाइकलमा श्रीमतीसहित घरबाट निस्केका थिए ।

भारत बेतिया जिल्ला बरवा पन्चायत १० भंगाहा थाना माइती रहेकी नितुलाई माइती नलगी रामबाबुले ठोरी गाउँपालिका ५ को ओरियाको पूर्वतिर रहेको सुस्ता खोलास्थित बनतुलसीको जंगलमा लागि घाँटी रेटी हत्या गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्